१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
सगरमाथा क्षेत्रको गोरकसेप (५१८० मिटर)मा सञ्चालनमा आएको हाइअल्टिच्युड क्लिनिक
नवीन अर्याल नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सगरमाथाको फेदीमा स्वास्थ्य चौकी

Read Time : > 1 मिनेट
नवीन अर्याल, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o५:५६:oo

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको सगरमाथा ‘ट्रेल’मा पर्ने पाँच हजार १८० मिटर उचाइको गोरकसेपमा स्थायी संरचनामै डाक्टरसहितको क्लिनिक सञ्चालन

विश्वकै सर्वोच्च शिखर सगरमाथाको फेदीमा पक्की भौतिक संरचनामै एमबिबिएस डाक्टरको सुविधासहितको स्वास्थ्य चौकी सञ्चालनमा आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा बेसक्याम्प जानका लागि वास बस्ने अन्तिम स्टेसन गोरकसेपमा स्थानीय पदयात्री र पर्वतारोहीलाई लक्षित गरी ‘गोरकसेप हाइहल्टिच्युड क्लिनिक’ सञ्चालनमा ल्याएको हो । 

१५ वैशाखमा गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाले उद्घाटन गरेर क्लिनिक सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए । पाँच हजार १८० मिटर उचाइको गोरकसेप सगरमाथा ‘ट्रेल’अन्तर्गत पर्छ । यति अग्लो भूगोलमा स्थायी संरचनासहित सरकारीस्तरबाट खुलेको क्लिनिक सम्भवतः यो नै संसारमै पहिलो भएको गाउँपालिकाले जनाएको छ । 

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल भन्छन्–
हामीले हाइअल्टिच्युडसम्बन्धी सम्पूर्ण आधारभूत सेवा प्रदान गर्ने गरी क्लिनिक सुरु गरेका हौँ । हाम्रो उद्देश्य फेक रेस्क्यु रोकेर देशको इज्जत जोगाउने र पर्यटकलाई निजी क्लिनिकको महँगो शुल्कबाट मुक्त गराउने हो । हामी नेपालीलाई निःशुल्क सेवा दिन्छौँ, विदेशी पर्वतारोही र पदयात्रीलाई न्यून शुल्कमा उपचार गर्छौँ ।

प्रशासकीय अधिकृत भुसालले भने, ‘त्यो अल्टिच्युडमा विश्वका कुनै सरकारको स्थायी संयन्त्र छैनन्,’ उनले भने, ‘हामीले हाइअल्टिच्युडसम्बन्धी सम्पूर्ण आधारभूत सेवा प्रदान गर्ने गरी क्लिनिक सुरु गरेका हौँ ।’ गोरकसेपमा स्थानीय बाह्रै महिना बस्न सक्दैनन् । यहाँको पर्यटन पनि सिजनल हुन्छ । सेवा सिजनल भए पनि संरचना स्थायी नै हुने भुसालले बताए । 

यसअघि गोरकसेपमा पर्यटकीय सिजनमा मात्रै निजी क्लिनिक सञ्चालनमा थियो । तर, पर्यटकको फेक रेस्क्युमा संलग्न रहेको गुनासो आएपछि गाउँपालिकाले निजी क्लिनिक बन्द गरेर आफैँ सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले खुम्बु ट्रेलकै डिङबोचेमा रहेको निजी क्लिनिक पनि बन्द गर्न निर्देशन दिइसकेको छ । 

‘हाम्रो उद्देश्य फेक रेस्क्यु रोकेर देशको इज्जत जोगाउने र पर्यटकलाई निजी क्लिनिकको महँगो शुल्कबाट मुक्त गराउने हो,’ भुसालले भने, ‘हामी नेपालीलाई निःशुल्क सेवा दिन्छौँ, विदेशी पर्वतारोही र पदयात्रीलाई न्यून शुल्कमा उपचार गर्छौँ ।’

गाउँपालिकाले क्लिनिक सञ्चालन गर्न वार्षिक पाँच लाख रुपैयाँ भाडा तिर्नेगरी भवन लिएको छ । जहाँ ठूला दुईवटा कोठा छन् । भर्ना हुने बिरामीलाई तीनवटा बेड रहेको प्रशासकीय अधिकृत भुसालले बताए । स्वास्थ्य संस्थामा एकजना एमबिबिएस डाक्टर, एकजना एचएलगायत स्वास्थ्यकर्मी छन् । आवश्यक परेको अवस्थामा ‘ब्याक सपोर्ट’का लागि पाङबोचे स्वास्थ्यचौकीबाट स्वास्थ्य उपकरण, औषधि र स्वास्थ्यकर्मी लैजान सकिने उनको भनाइ छ । गोरकसेपमा बिरामीलाई तत्कालिक उपचार गरेर तल झार्ने हो । 

गोरकसेपमा प्राथमिक उपचारको सुविधा हुँदा पर्वतारोही र पदयात्रीलाई लाभ हुन्छ । बिरामीहरू गोरकसेपमा प्राथमिक उपचारबाटै निको भएमा फेरि आफ्नो गन्तव्यमा जान पाउँछन् । विगतमा यस्तो अवस्थामा थप उपचारको लागि पाङबोचे, नाम्चे वा लुक्लासम्म झर्नुपथ्र्यो । तल झरेपछि फेरि माथि निस्कन कठिन यात्रा हुन्छ ।

हिमाली भेगमा छिनछिनमा मौसम फेरबदल भइरहने हुँदा बिरामीलाई तत्कालै उद्धार गरेर ल्याउन कठिन हुन्छ । ‘हाम्रो उद्देश्य बिरामीलाई तत्कालै प्राथमिक उपचार गरेर थप उपचारका लागि अन्यत्र पठाउने हो,’ भुसालले भने, ‘सामान्य उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस्, उपचार खर्च पनि धेरै तिर्न नपरोस् भन्ने हो ।’ 

पर्वतारोहण सिजनमा सगरमाथा बेसक्याम्पमा हिमालयन रेस्क्यु एसोसिएसनले अस्थायी क्लिन क्याम्प सञ्चालन गर्छ । त्यहाँ भोलेन्टियर डाक्टर र स्वास्थ्यकर्मी बिरामीको सेवामा खटिएका हुन्छन् । भुसालले भने, ‘हामी उनीहरूसँग पनि समन्वय गरेर सेवा दिन्छौँ ।’

ad
ad