१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o५:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : नि:स्वार्थ प्रेमको परिणाम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o५:५२:oo

विश्वविद्यालयका एक प्राध्यापकले आफ्ना विद्यार्थीलाई मुम्बईको झुपडपट्टीमा बस्ने १० देखि १४ वर्षका बालकहरूको स्थलगत अध्ययन गरी उनीहरू भविष्यमा के बन्लान् भन्ने तथ्यांक निकाल्न खटाए । विद्यार्थीले झुपडपट्टीका दुई सय बालकको घरको पृष्ठभूमि, बाबुआमाको परिस्थिति, त्यहाँका मानिसको जीवनशैली र शैक्षिक स्तर, रक्सी तथा लागुपदार्थको सेवनलगायत अनेक बुँदामा आधारित भई गहिरो अध्ययन गरे । हरेक बालकसित कुराकानी गरे र सबैका विचार टिपोट गरे । 

झन्डै एक वर्षको मिहिनेतपछि उनीहरूको अध्ययन पूरा भयो र प्रतिवेदन तयार भयो । प्रतिवेदनको निष्कर्ष यस्तो थियो– ती बालकमध्ये ९५ प्रतिशत अपराधको बाटोमा लाग्छन् । तीमध्ये ९० प्रतिशत कुनै न कुनै अपराधमा जेल जान्छन् र केवल पाँच प्रतिशत बालक मात्र राम्रो जीवन जिउन सफल हुनेछन् । 

अध्ययन पूरा भयो, प्रतिवेदन पनि तयार भयो । तर, बिस्तारै यसलाई सबैले बिर्सिंदै गए । २५ वर्षपछि अर्का एक प्राध्यापकले सो प्रतिवेदन देखे । उनले प्रतिवेदनको अनुमान कति सही ठहरियो, त्यसको जाँच गर्न विद्यार्थीको पाँच टिम बनाएर पुनः सोही झुपडपट्टीमा पठाइदिए । दुई सयमध्ये केहीको मृत्यु भइसकेको थियो । कतिपय अन्यत्रै गइसकेका थिए । विद्यार्थीले तीमध्ये एक सय ८० सित भेटघाट गरेर सबैसित विभिन्न विषयको जानकारी लिए । परिणाम पहिलो अध्ययनको ठीक विपरीत निस्कियो । 

तीमध्ये चार–पाँचजना मात्र सामान्य झैझगडामा छोटो समयका लागि जेल गएका थिए । बाँकी सबैले इज्जतसाथ सामान्य जीवन बाँचिरहेका थिए । कसैको त आर्थिक अवस्था निकै राम्रो भइसकेको थियो । पुनः तिनै विद्यार्थीले सबै (एक सय ८०) लाई नै भेटेर यसको रहस्य बुझ्ने कोसिस गरे । सबैले आफ्नी एक शिक्षिकाका कारण यो सब सम्भव भएको बताए ।

विद्यार्थीहरू ती शिक्षिकालाई भेट्न गए । उनीहरूले तिनलाई भेट्न आउनुको कारण प्रस्ट पार्दै प्रश्न गरे— हजुरले त्यस्तो के चमत्कार गर्नुभयो र ती विद्यार्थीको जीवन यस्तो हुन सम्भव भयो ? शिक्षिकाले हाँस्दै भनिन्– मैले कुनै चमत्कार गरेकी होइन, केवल तिनलाई आफ्ना सन्तानलाई जस्तै निःस्वार्थ प्रेम गरेकी मात्र हुँ ।

ad
ad